जेष्ठ १६ गते, २०८३ - १९ः५८
Follow us:

धादिङको गजुरीबाट ९ केजी चरेश सहित दुई जना पक्राउ

 

२ फागुन,धादिङ
गजुरीबाट प्रहरीले ९ किलो लागुऔषध चरेश सहित २ जनालाई प्रक्राउ गरेको छ । बिहीबार चेकजाँचको क्रममा बा २५ प ५२९३ नम्करको मोटरसाईकलमा सवार बेनिघाट रोराङ गाँउपालिका वडा नं १ २१ वर्षीय मनिष लामा र सोहि स्थानका ३५ बर्षिय विकाश तामाङलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
राजमार्गको सडकमा लागू औषध किनबेच हुदँै छ भन्ने विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङ तथा ईलाका पहरी कार्यालय गजुरी बाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा विक्रि गर्न लैजादै गरेको अवस्थामा ९ किलो लागुऔषध चरेश बरामद गरीएको हो ।
मोटर साईकलमा सवारले बोकेको झोला खानतलासी गर्दा  पोका पारी ल्याएको अवस्थामा ६ पोकामा ९ किलो चरेश, २ सेट सादा मोबाईल, १ थान क्यामेरा बरामद गरीएको हो । प्रक्राउ परेकाहरुलाई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: