धादिङका ठाकुर तामाङको कोरियामा सुतेकै अवस्थामा मृत्यु
फाल्गुन २ गते, २०७५ - १३ः४२ मा प्रकाशित
२ फागुन,धादिङ ।
बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका धादिङका एक युवाको सुतेको अवस्थामै मृत्यु भएको छ । मंगलबार दिउॅसोको काम गरेर सुतेका ठाकुर तामाङको मृत्यु भएको हो । ईपीएस मार्फत कोरिया आएका तामाङ बिगत ८ बर्ष देखि कोरियामा कार्यरत थिए । तामाङ कोरियाको फाजुस्थिथ फर्निचर कम्पनीमा कार्यरत थिए । मंगलबार बेलुका सुतेका तामाङ बुधबार काममा जान नउठेपछि सॅगै कार्यरत सहकर्मीले उठाउन खोज्दा नउठे पछि अस्पताल लगिएको थियो । मृतकको हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा लगिएको छ । तामाङको हृदयघातबाट मृत्यु भएको आशंका गरिएको छ ।