१ फागुन,धादिङ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले धादिङमा जनयुद्ध तथा जनआन्दोलका शहिदहरुप्रती श्रद्धाञ्जली कार्यक्रम मनाएको छ । २४ औँ जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा बुधबार नेकपाको कार्यलयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाका नेता भुमी त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी,प्रदेश नम्बर ३ का आन्तरीक तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल,प्रदेश सदस्य डा.रामकुमार अधिकारी,नेकपाका नेता पुष्प विक्रम मल्ल,गुरु बुर्लाकोटी,नेत्रराज पौड्याल,रामबहादुर भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
धादिङबेसी स्थित मदन आश्रित स्मृती भवन गणेशमार्गमा सम्पन्न भएको सभापमा पुर्व एमाले र माओवादी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्ने अतिथीहरुले जनयुद्धको कारण देशमा परिवर्तन आएको र त्यसलाई संस्थागत गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।