२९ माघ, धादिङ ।
जनयुद्ध दिवसको अवसर पारेर धादिङमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । जनयुद्ध दिवसको अवसर पारेर बुधबार नीलकण्ठ नगरपालिका ३ गणेशमार्ग स्थित मदन आश्रित स्मृति भवनमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो ।
अनेरास्ववियु धादिङ र अनेरास्ववियु(क्रान्तिकारी) धादिङकोे आयोजनामा हुन लागेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको छ । भोली विहान १० बजेबाट सुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आग्रह गरेको छ ।