भाद्र २९ गते, २०८३ - १२ः०९
Follow us:

धादिङ आएर भट्टराईले भने, हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छ

२८ माघ, धादिङ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने कार्य मात्रै होइनु भन्नुभएको छ । जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो बताउनु भएको हो । लोकतन्त्र भनेको जिन्दावाद मुर्वावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने मात्रै होइनु, उहाँले भन्नुभयो, ुलोकतन्त्र भनेको सबै जनतालाई अधिकार सम्मन्न बताउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली हो ।
हालको राजनीतिक परिवर्तनलाई संस्थागत गरेर तलसम्म पु¥याउने र यसलाई अझ अघि बढाउने हो भने राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ दिनुपर्छ । यसो हुन सकेन भने भने लोकतन्त्र दिगो हुँदैन, संयोजक भट्टराईले भन्नुभयो ।राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने डा. भट्टराईको भनाइ थियो ।लोकतन्त्र र राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनको चक्रलाई हामीले फेरि अघि बढाउनुपर्छ र हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छु, उहाँले भन्नुभयो ।
त्यस्तै देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको संयोजक भट्टराईले बताउनु भयो ।

अब हामीलाई चाहिएको हतियारको क्रान्ति वा हिंसाको क्रान्ति होइनु, उहाँले भन्नुभयो,विचारको क्रान्ति, व्यवस्थाको क्रान्ति, प्रविधिको क्रान्ति हो ।संयोजक भट्टराईले असल र इमान्दार मान्छे मिलेर फेरि एउटा अभियान सुरु गर्न नयाँ शक्तिले जनसंवाद थालनी गरेको बताउनु भएको थियो । असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा भन्ने नारासहित एक महिने जनसंवाद अभियान जारी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: