जेष्ठ १२ गते, २०८३ - ०७ः५१
Follow us:

भट्टराईले भने–बाटो बिराएको होईन,सबै हिड्ने बाटो बनाउन खोजिएको हो(हेरौ १० तस्विर)

२८ मााघ, धादिङ्ग
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफुले कुनै बाटो नबिराएको बताउनु भएको छ । जनसम्वाद अभियान अन्तरगत धादिङ्गको सल्यानटारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सबै हिड्ने साझा बाटो बनाउन खोजिएको बताउनु भएको हो ।

अहिलेको बाटोबाट देशमा विकास नहुने भन्दै उहाँले देशको विकासको लागि नयाँ बाटोको सुरुवात गरेको बताउनु भएको छ ।
अहिले बनाएको नयाँ बाटो सहिजो र राम्रो भएको भन्दै उहाँले पछि सबै यहि बाटोमा हिड्ने धारणा राख्नुभयोे । देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन नभएको भन्दै उहाँले अहिलेको सरकार भ्रष्टचारमा डुबेको समेत धारणा राख्नुभयो । देशमा अर्बौ रुपैयाको घोटाला हुँदा पनि सरकार चुप लागेको भन्दै उहाँले भ्रष्टचार गर्दिन भन्नेको नाकैमुनी भ्रष्टचार मौलाईरहेको बताउनु भएको छ ।


जनसम्वाद अभियान अन्तरगत त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफु सधै जनताको पक्षमा रहेको बताउनु भएको हो । बुढीगण्डकी परियोजना निर्माणमा भएको ढिलासुस्तीले जनताहरुमा नैराश्यता बढेको भन्दै उहाँले चाडो भन्दा चाडो काम थाल्नको लागि आग्रह गर्नुभयो ।

जनसम्वाद कार्यक्रममा सहभागिहरुको प्रश्नको जवाफ दिदै भट्टराईले अहिलेको राजनीतिक दलहरुबाट सम्बृद्धिको आशा गर्न नसकिने भन्दै उहाँले देशलाई सम्बृद्धि तर्फ लैजानको लागि आफुले नयाँ शक्ति पार्टीको गठन गरेको स्पष्ट पार्नुभयो । भट्टराई धादिङ्गको कार्यक्रम सकेर आजै गोरखा प्रस्थान गर्नुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: