जेष्ठ १२ गते, २०८३ - १४ः४९
Follow us:

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई भोली सेमजोङ आउदै

२६ माघ,धादिङ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई २७ गते आईतबार धादिङको सेमजोङ आउनुहुने भएको छ । पाँचथरको चिवा भज्याङदेखी बैतडीको झुलाघाट सम्मको करिब १७ सय ७६ किलोमिटर सम्मको यात्रा अन्तरगत भोलीे धादिङको महेन्द्र बाराही मा.विमा हुनेसम्वाद कार्यक्रममा सहभागि हुनेका लागी धादिङ आउनहुने भएका छन् । “असल राजनीति र समावेशी विकासको लागि जनसम्वाद” भन्ने उदेश्यको साथ सुरु भएको अभियान अन्तरगत डा. बाबुराम भट्टराई धादिङ आउनुहुने भएको हो । कार्यक्रम अन्तरगत माघ २७ गते नेत्रावती गाउँपालिका वडा नम्बर ४ स्थित भ¥याङ–भुरुङबाट भट्टराई धादिङमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै चौतारामा एक घण्टाको अन्तरसंवाद कार्यक्रम रहेको र कुण्डला माविमा हुने कार्यक्रममा पनि भट्टराईले आफ्नो कुरा भन्नुहुने कार्यक्रम रहेको छ । त्यस दिन महेन्द्र मा।वि। कटुञ्जेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते बिहान खहरे बजारमा संम्वाद हुने र दिउँसो १ बजे रानीपौवामा पनि अन्तरसम्वाद कार्यक्रम राखीएको छ । त्यस कार्यक्रम सकेर भट्टराई सोहि दिन गोरखा जाने कार्यक्रम तय भएको छ ।

प्रतिकृया लेख्नुहोस्: