२६ माघ,धादिङ
धादिङको ससाहमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । कालुपाण्डे मार्ग अन्तरगत धादिङबेसीबाट नलाङ तर्फ जादै गरेको बा ३ ख २७३१ नम्बरको बस छेउमा रहेको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । बस सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । घाईते मध्ये २ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।दुर्घटनामा परी सामान्य घाईते भएकाहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । दुर्घटनामा चालक पनि घाईते भएका छन् ।