नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई धादिङ आउदै
माघ २४ गते, २०७५ - २२ः२३ मा प्रकाशित
माघ २४ धादिङ ।
“असल राजनीति र समावेशी विकासको लागि जनसम्वाद” भन्ने उदेश्यको साथ सुरु भएको अभियान अन्तरगत डा. बाबुराम भट्टराई २७ गते धादिङ आउन लाग्नु भएको हो । यहि माघ २७ गते धादिङको महेन्द्र बाराही मा.वि.मा हुने कार्यक्रमा सहभागि हुनको लागि भट्टराई धादिङ आउन लाग्नु भएको हो ।
पाँचथरको चिवा भज्याङदेखी बैतडीको झुलाघाट सम्मको करिब १७ सय ७६ किलोमिटर सम्मको यात्रा अन्तरगत यहि माघ २७ गते धादिङको महेन्द्र बाराही मा.विमा हुने भव्य सम्वाद कार्यक्रममा सहभागि हुनेका लागी धादिङ आउनहुने भएका हुन्।
कार्यक्रम अन्तरगत माघ २७ गते नेत्रावती गाउँपालिका वडा नम्बर ४ स्थित भ¥याङ–भुरुङबाट भट्टराई धादिङमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै चौतारामा एक घण्टाको अन्तरसंवाद कार्यक्रम रहेको र कुण्डला माविमा हुने कार्यक्रममा पनि भट्टराईले आफ्नो कुरा भन्नुहुने कार्यक्रम रहेको छ । त्यस दिन महेन्द्र मा.वि. कटुञ्जेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते बिहान खहरे बजारमा संम्वाद हुने र दिउँसो १ बजे रानीपौवामा पनि अन्तरसम्वाद कार्यक्रम राखीएको छ । त्यस कार्यक्रम सकेर भट्टराई सोहि दिन गोरखा जाने कार्यक्रम तय भएको छ । हिमाल, पहाड र तराईका सबै जिल्लालाई छुने भएकाले सो अभियान मध्य पहाडी लोकमार्ग भित्र संचालन गरिएको हो । अभियानमा पार्टी संयोजक भट्टराईको नेतृत्वमा पार्टी हेडक्वाटरका नेताहरु, सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरु सहभागी हुनेछन ।पूर्व प्रधानमन्त्री भट्टराई अर्थमन्त्री भएकै बेलामा मध्यपहाडी लोकमार्ग निर्माणको काम सुरु गरिएको थियो ।