जेष्ठ ५ गते, २०८३ - २१ः५६
Follow us:

धादिङमा खुकुरी प्रहार गरि भतिजो द्वारा काकीको हत्या

 

८ माघ, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा भतिजोको खुकरी प्रहार बाट काकीको मृत्यु भएको छ । मंगलबार विहान खेतमा घाँस काट्न गएको २५ बर्षिय मनिका आलेमगरलाई भतिजो पर्ने बर्ष १६ का सुमन आलेमगरले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
मंगबार विहान ८ बजे घास काटिरहेकी काकीलाई पछाडीबाट गर्धनमा खुकरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट काकीको घट्नस्थलमै मृत्यु भएको हो । हत्या आरोपित लागेका १६ बर्षिय सुमन आलेमगर भने घट्ना घटाएर फरार रहेका छन् । उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: