चैत्र १२ गते, २०८१ - १६ः४८
Follow us:

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा ६ सय ५४ मत सहित रुद्रबहादुर खत्री निर्वाचित

 

३० धादिङ पुस ।
धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी भएका छन । धादिङबेसीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले खत्री विजयी भएका छन् ।
उहाँले निकटम प्रतिद्धन्द्धी विष्णु थपलियालाई ४२ मतले पछि पार्नुभएको छ । विष्णु थपलियाले ६ सय १२ मत प्राप्त गर्नुभएको छ । यसैगरी अधिवेशबाट महिला सदस्यहरुमा गीता पाठक,विष्णु श्रेष्ठ र मनमायाँ गोताले निर्वाचित हुनुभएको छ । एशोसियट सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ,पुष्प थपलिया निर्वाचित हुनुभएको छ । उद्योग सदस्यहरुमा अजय त्रिपाठी, राजाराम सिलवाल, वाणिज्य सदस्यमा राजेश अधिकारी, रामकुमार शाह निर्वाचित हुनुभएको छ ।बस्तुगत सदस्यमा गोविन्द भण्डारी र रमेशभाई अधिकारी विजयी हुनुभएको छ ।खुल्ला सदस्यहरुमा निर्पेश न्यौपाने, विश्वराम दुवाडी, लोकनाथ डल्लाकोटी, किरण रावल, रामकुमार डल्लाकोटी, ईश्वरप्रसाद कोइराला, शंकर पण्डित, सुदिप रसाइली र विष्णुमणि श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
दक्षिणी क्षेत्रको अध्यक्षमा दिपककुमार कार्की निर्वाचित भएका छन । संघको उत्तर क्षेत्रको अध्यक्षका प्रत्यसी दुर्गादत्त उप्रेती र शुसिल अधिकारीको बराबरी भोट आएको छ । गोलाप्रथाद्धारा पहिलो १८ महिना कार्यकालका लागि उप्रेती र दोस्रो १८ महिला कार्यकालका लागि अधिकारी निर्वाचित भएका छन ।संघको मध्य क्षेत्रमा राजकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । शुक्रबार देखी सुरु भएको अधिवेशन सोमबार साँझ सकिएको हो ।

प्रतिकृया लेख्नुहोस्: