भाद्र २९ गते, २०८३ - १०ः४७
Follow us:

धादिङ उद्योग वाणिज्य संघको निर्वाचनः रुद्रबहादुर खत्री भर्सेस् विष्णु थपलिया

२८ पुस, धादिङ ।
धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । सके सम्म सहमतिबाट नयाँ कार्यसमिति गठन गर्ने प्रयास असफल भएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको २५ औँ बार्षिक साधारण सभा तथा नवौ अभिवेशनले नयाँ कार्यसमिति पाउने छ ।
शुक्राबार धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोद नाथ दुवाडीको अध्यक्षता र प्रदेश नम्बर ३ का आन्तरिक कानुन मन्त्री शालिकराम जम्मरकट्टेलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन सत्रमा नेपा उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ,पुर्व सांसद गुरु प्रसाद बुर्लाकोटी,प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय लगायत उद्योगी व्यावसायीहरुको सहभागिता रहेको थियो ।
निर्वाचनको प्रक्रिया शनिवार विहानबाट सुरु भएको थियो ।

शनिवार अधिबेशनको वन्द सत्रले आगामी तीन बर्षका लागि क्षेत्रीय समिति तथा जिल्ला समितिमा नयाँ नेत्तृत्व चयन गर्नेछ । जिल्ला समितिमा अध्यक्ष पदका लागि वामपन्थी व्यवसायीहरुको समर्थनमा रुद्रवहादुर खत्री र लोकतान्त्रिक समर्थनमा बिष्णु् थपलियाले प्रतिस्पर्धा गर्दैछन । दुवै उम्मेद्वारहरुले आ–आफुले जित्ने दावी गरीरहेका छन् । धादिङ उद्योग वाणिज्य संघमा स्थापना कालदेखीनै कम्युनिष्टहरु नै हाबी रहेका छन् । निर्वाचन प्रक्रिया रहेकोले अहिलनै यसै भन्न सकिने अवस्था छैन ।

प्रतिकृया लेख्नुहोस्: