जेष्ठ १२ गते, २०८३ - १५ः४८
Follow us:

जिल्ला प्रशासन कार्यालय धादिङले न्यानो कपडा वितरण गर्दै

 

धादिङबेसी २४ पुस ।
चिसोबाट धादिङका नागरिकहरु बचाउन जिल्ला प्रशासन कार्यलय धादिङले तयारी थालेको छ । चिसो बढेसँगै अति गरिब परिवारमा समस्या पर्ने भन्दै जिल्ला प्रशासन कार्यलयले गरिबी घरधुरी पहिचाहन गरेर न्यानो कपडा वितरण गर्ने तयारी थाल्ने भएको छ ।
जिल्ला विपत व्यवस्थापन पुर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत धादिङ जिल्लाका गरिब नागरिकहरुलाइ सहयोग गर्ने तयारी थालेको हो ।
गरिब घरधुरीको तथ्याङक लिएर उनीहरुलाई चिसो मौसममा आवश्यक पर्ने लत्ताकपडा वितरण गर्ने तयारी गरेको छ । धादिङको उत्तरी क्षेत्रमा अति चिसोबाट प्रभावित विपन्न जोखीममा ११ सय ९७ घरधुरी रहेका छन भने दक्षिणी क्षेत्रमा १६ हजार ५ सय ४८ घरधुरी रहेका छन ।
गजुरीमा ५ सय ७० घरधुरी रहेका र बेनिघाट रोराङ गाउँपालिकामा ५ सय ७५ घरधुरीका मानिसहरु चिसोबाट प्रभावित भएका छन् । जिल्ला विपत व्यावस्थापन पुर्वतयारी तथा प्रतिकार्य योजना अन्तरगत ५ लाख जिल्ला प्रशासन कार्यलय सँग रहेको र बाँकि सहयोगी संस्थाबाट सहयोग लिएर त्यस क्षेत्रमा जाने तयारी जिल्ला प्रशासन कार्यलय धादिङले तयारी थालेको छ ।

प्रतिकृया लेख्नुहोस्: