-273.15°C Kathmandu, Nepal जेष्ठ ३० गते, २०७८ - ०७ः१६
Follow us:

माघ १ गते खाल्टेको फ्याक्सेमा हुने पाँचौ गोरु जुधाई महोत्सवको तयारी तीब्र

खाल्टे २४ धादिङ ।
धादिङको खाल्टेमा यहि माघ १ गते पाँचौ गोरु जुधाई महोत्सव हुने भएको छ । अहिले दर्ता गर्ने क्रम चलिरहेको आयोजक समितिका संस्थापक अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयो । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेमा माघे संक्रान्तिको अवसरमा बृहत गोरुजुधाई प्रतियोगिता हुने भएको हो । अहिले प्रचार प्रसारको कामलाई तीब्र पारीएको छ ।
अहिले सम्म १० हल गोरु दर्ता भईसकेको छ भने अझै दर्ता गर्ने क्रम जारी रहेको छ । गोरु जुधाई प्रतियोगितामा बिजयी गोरु धनीले नगर ३ हजार ५ सय प्राप्त गर्ने छन् । यसैगरी तोकिएको समयमा हारजित नभए दुबै गोरु धनीलाई नगद २–२ हजार दिईने छ । यसैगरी हार्ने गोरुका धनिलाई पनि स्याहारको लागी १ हजार ५ सय दिईने छ । गोरु जुधाई प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । यसबर्ष हास्यव्याङग्य कलाकार राजु मास्टर र बल्छी धु्रर्वे आउने कार्यक्रम तय भईसकेको शिक्षक नयन केसीले जानकारी दिनुभयो । उक्त पाँचौ गोरु जुधाई महोत्सव अवलोकनको लागी सबैलाई आग्रह गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: