काठमाडौं, १७ मंसिर । पार्टी एकता भएको झण्डै ९ महिनापछाडि नेकपाले प्रदेश कमिटीका सदस्यहरुको नामावली टुंग्याएको छ ।
लामो समयको अभ्यासपछि गत बुधबार बसेको बैठकले उक्त नामावली टुङ्ग्याएको थियो । यद्यपि, माधव नेपाल समूहले उक्त सूचिमा आपत्ति जनाएपछि पुनः गृहकार्य गर्ने बताइएको थियो । विवादकै बीच उक्त निर्णय आज नेकपाले सार्वजनिक गरेको हो ।
उक्त सूचिमा नेकपा धादिङमा १२ नेताहरु परेका छन् । ७ मध्य नेकपा तत्कालीन नेकपा एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ रहेका छन् । तत्कालीन नेकपा एमालेबाट नेकपा प्रदेश कमिटीमा पर्नेमा भूमि त्रिपाठी, गुरुप्रसाद बुर्लाकोटी, डा. रामप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, नेत्रराज पौडेल, जगन्नाथ नेपाल र जानुका सिंखडा रहेका छन् ।
त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट प्रदेश कमिटीमा पर्नेहरुमा रामबहादुर भण्डारी, मनराज भण्डारी, दिपा सिंखडा, धनबहादुर बुर्लाकोटी र शम्भु श्रेष्ठ रहेका छन् ।