14°C Kathmandu, Nepal मंसिर ५ गते, २०७६ - ०२ः३२
Follow us:
Test

सार्क शिक्षक महासंघमा धादिङका शर्मा महासचिवमा निर्वाचित

धादिङ, ६ साउन । सार्क स्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघमा धादिङका लक्ष्मण शर्मा निर्वाचित भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका शर्मा यसै साता श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको उद्घाटन श्रीलंकाका शिक्षा मन्त्री अकिला विराज करियवसमले गरेका थिए ।

सेप्टेम्बर १७-१८ मा सम्पन्न सम्मेलनबाट कार्यकारिणी समितिको महासचिवमा निर्वाचित शर्मा सत्यवती मावि सिद्धलेक, आदमटारका पूर्वप्रधानाध्यापक पनि हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express