धादिङ र नुवाकोटका व्यावसायीले खोले बट्टारमा महिन्द्रा थ्रि एसको सोरुम
आश्विन ६ गते, २०७५ - २०ः११ मा प्रकाशित
धादिङ, ६ असोज । नुवाकोटमा महिन्द्राको थ्रि एसको सोरुमको उद्घाटन गरीएको छ । करिब चारकरोड रुपैयाँको लागतमा बिदुर नगरपालिका वडा नम्वर ४ को बट्टार संगमचोकमा संचालनमा ल्याईएको हो । शोरुमको शुक्रवार एक कार्यक्रमका बिच अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले गर्नुभएको थियो ।
महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक प्रतिनिधी अग्नी ईन्कर्पोरेटेड संगको समन्वयमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु राजन श्रेष्ठ र चन्द्रकान्त अधिकारी सहितको कला मोटर्स प्रा.लि.ले उक्त सोरुपम सन्चालनमा ल्याएको हो ।
शोरुमबाट स्कर्पियो फोरह्विल ड्राईभ,स्कर्पियो पिकअप, बोलेरो,बोलेरो डबल क्याब र ट्रयाक्टर बिक्रिका साथै ती सबै सवारी साधनको मर्मत सुबिधा पनि उपलब्ध गराईने संचालक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।
महिन्द्राको शोरुम संचालनमा आएपछि करिब ५० जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन भने रसुवा र नुवाकोटको भौगोलिक अवस्था अनुसारका गाडीहरु उपलब्ध रहेकाले साना व्यवसायीहरुको समेत यसतर्फ आकर्षण बढ्ने अनुमान गरीएको छ ।