जेष्ठ ११ गते, २०८३ - ०८ः५७
Follow us:

दशैंको टिकाको उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा

धादिङ, ६ असोज । यो बर्षको वडादशैंको टिकाको उत्तम साईत आगामी कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने छ । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ ।

यस्तै, फुलपाती भित्राउने साईत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।

कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फुलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा फेर्न सकिने छ । असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलाई बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

प्रतिकृया लेख्नुहोस्: