धादिङ, १९ असार । धादिङ ज्वालामुखी गाउँपालिका-७ धारापानीकी २५ वर्षीया सपना बस्यालको जीवनरक्षाको लागि उनको परिवारले अपिल गरेको छ । अख अ
ब्लड क्यान्सरबाट पीडित सपनाको आर्थिक अभावको कारण उपचार रोकिएको उनका श्रीमान गणेशकुमार मग्रांतिले बताएका छन् । दुई महिना महाराजगञ्ज शिक्षण अस्पताल राखेर उपचार गरिएपनि हाल आर्थिक अभावका उनलाई बाहिर निकालिएको छ । ‘चिकित्सकले किमोथेरापी चलाउनुपर्ने बताए पनि आर्थिक अभावका कारण उक्त उपचार चलाउन सकिएको छैन,’ सपनाका दाई रमेश बस्याल करणले बताए ।
त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पस, इन्टरनल मेडिसिन विभाग महाराजगञ्चले सपनालाई ब्लड क्यान्सर भएको निदान गरेको हो । सपनाको परिवारले सपनाको जीवन रक्षाको लागि आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको छ । उनलाई सघाउन चाहनेले मेगा बैंकमा सपनाका पति गणेश मक्रान्तिको नाममा रहेको खाता नम्बर ०२०००५०१०९२८५ मा रकम जम्मा गर्न र थप जानकारीका लागि ९८१००४३३४६ र ९८५१०४८३२७ मा सम्पर्क गर्न सकिने बस्यालले जानकारी दिए ।