चैत्र १२ गते, २०८१ - १८ः१०
Follow us:

दम्पतीबीचको झगडा छुट्याउन जाँदा विकको मृत्यु

मलेखु, धादिङ, १८ असार । बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा सोमबार मृत्यु भएको छ ।

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतुले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

पुरिएको जीप निकालियो

सडकमाथिबाट लेदोमाटाको पहिरो आएर बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा आज अपराह्न पुरिएको जीप आधा घण्टामा निकालिएको छ ।

लु १ च २३४३ नंको जीप पहिराले पुरेपछि तत्काल नजिकै राजमार्गमा रहेको प्रहरी टोलीले पहिरोसमेत पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्: