जेष्ठ ५ गते, २०८३ - २२ः१५
Follow us:

धादिङका तीन स्थानीय तहमा भुकम्प पीडित लाभग्राही थपिए

धादिङ, १८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षण गर्दा धादिङ लगायत आठ जिल्लामा भूकम्प पीडित लाभग्राहीको सङ्ख्या थपिएको  छ । धादिङ, काभ्रे, मकवानपुर,ललितपुर, नुवाकोट,सिन्धुपाल्चोक ओखलढुंगा र सिन्धुली गरि आठ जिल्लामा पाँच हजार दुई सय ६५ घरधुरी लाभग्राही थपिएका हुन् ।

धादिङको गल्छी,गजुरी र खनियाबास गाउपालिकामा  पुर्ननिर्माण लाभग्राहीको संख्या थपिएको हो ।  गल्छी गाउँपालिकामा पुर्ननिर्माण लाभग्राही पाँच सय २२, सम्भाव्य लाभग्राही २१, जम्मा पुर्ननिर्माण लाभग्राही पाँच सय ४३, प्रवलिकरण लाभग्राही एक सय ८२ र दुई सय ३५ जना गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेका छन ।

गजुरीमा पुर्ननिर्माण लाभग्राही एक सय ९५, सम्भाव्य लाभग्राही २०, जम्मा पुर्ननिर्माण लाभग्राही दुई सय १५, प्रवलिकरण लाभग्राही दुई सय ४० र एक सय २३ जना गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेका छन ।

खनियाबासमा  पुर्ननिर्माण लाभग्राही ९२, सम्भाव्य लाभग्राही ६०, जम्मा पुर्ननिर्माण लाभग्राही एक सय ५२, प्रवलिकरण लाभग्राही ११ र १९ जना गैह्र पुर्ननिर्माण लाभग्राहीमा परेको प्राधिकरणले जनाएको छ ।
यसरी कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिशमा अनुदान सम्झौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनर्निर्माण अनुदान पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्: