माघ ९ गते, २०८१ - १७ः५२
Follow us:

वाम सरकारको चमत्कार, जनतालाई महंगीको उपहार

पुष्पा महरा

ठूलो सपना, महत्वकांक्षा बाँडेर वाम गठबन्धनले चुनाव जित्यो । दुई तिहाई बहुमतबाट चुनाव जितेपछि अब त स्थायी सरकार बन्ला, देशमा सुशासन कायम होला, जनताको चाहना पूरा होला, गरीवको दिन आयो भन्ने धेरैले आशा गरेका थिए यो सरकारबाट । सबैको चाहना पूरा हुने गरी सरकारले बजेटमार्फत ह्वात्तै ठूलो उपहार दियो जनतालाई । जुन पत्याउनै नसकिने ।

उसोतः हरेक वर्षको बजेटसँगै बजार भाउ महंगिनु सामान्य नै भइसकेको छ नेपालीलाई । तर यस वर्ष आशा गरेको सरकारले ल्याएको बजेटमा नेपालीलाई केही राहत मिल्थ्यो कि भन्ने आशा थियो । त्यो पनि निशारामा परिणत भएको छ ।

झण्डै १६ खर्ब रुपैयाँ बराबरकाे बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेलगत्तै बजारभाउ अाकाशियाे । विलासिताका सामानहरूमा लाग्ने कर वृद्दि गरी विकास केन्द्रत बजेट ल्याएकाे भन्दै अाएका छन् उनीहरूले । तर उनीहरूले याे विर्सिए जस्ताे छ कि विहान साँझकाे छाक टार्नुलार्इ विलासिता भनिँदैन ।

अहिलेश्रमिकको न्यूनतम तलब मासिक नौहजार सातसय रुपैयाँ छ । महँगीको अनुपातमाश्रमिकले थाप्ने यो मासिक तलब निकै कम हो । यति थोरै तलबमा काठमाडौंमा बसेर गुजारा गर्न श्रमिकलाई कति कठिन हाेला ? अझ उसको तलबमा आश्रित परिवार रहने हो भने राजधानी छोड्नुको विकल्प नै रहँदैन उसकाे ।

पुष्पा महरा

सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेलगत्तै पुरानै धर्राअनुसार व्यापारीहरुले भोलिपल्टदेखि नै आफूखुसी भाउ बढाउन थाले । हरेक वर्षको बजेटपछि बजार भाउ महंगिने गरेको यसअघि नै सबैलाई थाहा थियो । त्यसैले यस वर्षपनि व्यापारीले आफूखुसी भाउ बढाए ।

दाल, चामल, खानेतेल, चिनी, तरकारीलगायत सबैको दैनिक उपभोग्य बस्तुहरुमा भाउ बढेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजार भाउ अनुसार पेट्रोलको भाउ बढाउनुपरेको भन्दै सरकारले महिनामा दुई पटकका दरले भाउ बढेको बढेकै छ । रोक्ने कुनै संकेत छैन ।

नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार अर्थमन्त्रीले बजेट भाषण गरे यता बजार मूल्य बढेको छ । ठूला व्यापारीले नै बढेर आएको भन्दै भाउ बढाएपछि खुद्रा मूल्य पनि बढेको हो, थोकबाटै बढेर आएपछि हाम्रोमा वृद्धि हुने नै भयो । काठमाडौंमा केही हप्ता अघिसम्म प्रतिकिलो ६० देखि ६५ रुपैयाँ होलसेल मूल्यमा पाइने चिनी अहिले ७० रुपैयाँ नाघेको छ । उपभोक्ताको भान्सासम्म पुग्दा झण्डै ९० रुपैयाँ पुग्ने गरेको छ ।

खानेतेलको भाउ पनि बढेको श्रेष्ठले जानकारी दिनुभयो । खाने तेल पहिलेको तुलनामा प्रतिप्याकेट १५ रुपैयाँ बढेको छ । पहिले १ लिटरको प्याक तोरीको तेल १३० रुपैयाँ पथ्र्यो । तर अहिले मूल्य बढेर १४५ पुगेको छ । यसैगरी मुसुरो दाल प्रतिकिलो १० रुपैयाँ बढेको छ । ८५ रुपैयाँ प्रति किलो रहेको मसुरोको दाल अहिले ९५ पुगेको छ ।

त्यस्तै तरकारीको मूल्यले पनि स्थिरता कायम राख्न सकेन । बजेट भाषणको भोलिपल्टदेखि नै तरकारीको खुद्रा भाउ १५ देखि २० प्रतिशतसम्म बढेको छ । उपभोक्ता हित संरक्षण तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनमा चासो नदिएपछि उद्योगी तथा ब्यापारीलाई पनि कालोबजारी गर्न सहज भएको छ ।

दैनिक ज्याला मजदुरी गरी खाने मानिसहरुका लागि यस वर्षको बजेटले निकै कष्टकर जीवन यापन गर्नुपर्ने बाध्याता आइलागेको छ । सरकारले दैनिक ज्यालादारीमा काम गर्नेको न्यूनतम तलब मासिक १२ हजार तोकेको छ । तर, यो कमाई डेरा भाडा र सामान्य खानाका लागि मात्रै गर्ने हो भने पनि एक जनाका लागि समेत पर्याप्त हुँदैन ।

सरकारले बजेट ल्याउँदाक हाम्रो मुलुक विकाशोन्मुख राष्ट्र हो, यहाँका अधिकांश मानिसहरु गरिवीका रेखामुनि छन, त्यसैले उनीहरुको जीवनयापनलाई पनि ध्यानमा राखेर बजेट सार्वजनिक गर्नुपर्छ भन्ने सोच्न विर्सियो सरकारले । खोलो तरेपछि लठ्ठी विर्सियो सरकारले’ आक्रोशिक मानिसहरु भन्छन् ।

‘गरिवी के हो क्वाटरमा बसेर, सिंह दरवारमा दिन विताएर, संसदभवनमा गएर सुत्नेलाई होइन, घाम पानी नभनी ग्राहकको पर्खाइमा बसेका भरियालाई थाहा हुन्छ । विदेशी डलर पचाउने चलखेल गर्नेलाई होइन, विहान वेलुकीको छाक कसरी छार्ने बालबच्चाको पेट कसरी भर्ने संकटमा रहेकालाई थाहा हुन्छ । त्यसैले कि त महंगी नियन्त्रण गर्नुपर्छ सरकारले कि त महंगीअनुसार आयस्रोत पनि बढाइदिनुपर्छ जनताको । बाँकी चेतना भया

- पुष्पा महरा

प्रतिकृया लेख्नुहोस्: