माओवादी केन्द्र धादिङको अध्यक्षमा शालिकराम जम्कट्टेल निर्वाचित
पौष २५ गते, २०७३ - २२ः२२ मा प्रकाशित
धादिङबेसी, २५ पुस । नेकपा माअोवादी केन्द्र धादिङको अध्यक्षमा शालिकराम जमकट्टेल निर्वाचित भएका छन् । सदरमुकाम धादिङबेसीमा शनिबारदेखि सुरु भएर सोमबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यसअघि उनी नेकपा माओवादी केन्द्र धादिङको ईञ्चार्जको भूमिकामा कार्यरत थिए । उनी अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत हुन् । अधिवेशनले जमकट्टेलको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटीको चयन गरेको छ ।
सम्मेलनले जिल्लाको वरिष्ठ उपाध्यक्षमा राम बहादुर भण्डारीलाई चयन गरेको छ भने जिल्ला सचिवमा धनबहादुर बुर्लाकोटी विजय चुनिएका छन् । सहसचिवमा मनराज भण्डारी चयन भएका छन् । उनी यसअघि पनि सहसचिव पदमै थिए ।