चैत्र ६ गते, २०८० - १७ः२१
Follow us:

सांसद डा तुलाधारलाई विद्यावारिधिका लागि अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौँ, ८ पुस । पूवशिक्षा मन्त्री एवम् नेकपा एमालेका सांसद डा गङ्गालाल तुलाधरले उत्कृष्ट शोधबापतको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
जापानको सिमानी विश्वविद्यालयले डा तुलाधरले विद्यावारिधिका लागि प्रस्तुत गरेको शोध अनुसन्धानबापत उनलाई सो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि एक लाख ३० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।
सो विश्वविद्यालयअन्तर्गतको इन्टरनेसनल अन जियो डिजास्टर रिडक्सन विभागका निर्देशक फाउ वाङले आज यहाँ आयोजित कार्यक्रममा डा तुलाधरलाई सो पुरस्कार प्रदान गरे।
सांसद तुलाधरले जापानबाट नै विपद् जोखिम व्यवस्थापनमा स्थानीय अगुवाको बुझाई शोध शीर्षकमा विद्यावारिधि गरेका थिए । उनले नेपालका हिमाल, पहाड, तराई सबै क्षेत्र समेटी १९ जिल्लामा अनुसन्धान गरेका थिए। गोरखा भूकम्पपूर्व सम्पन्न सो अनुसन्धानले स्थानीय समुदायले विपद् व्यवस्थापनमा ज्ञानको कमी पाइएको निष्कर्ष निस्किएको थियो ।
सो शोधपत्र अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित भएको थियो । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समिति, जापानको इहिमे विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा समितिका सभापति दिलबहादुर घर्तीले विपद् व्यवस्थापनमा समुदायलाई नै सक्षम बनाउन आवश्यक भएको बताए ।
उनले सरकारले विपद् जोखिम व्यवस्थापनका लागि नयाँ ऐन ल्याउन जानकारी दिँदै यसका बारेमा समितिले उचित सुझावसमेत दिने जानकारी दिए । सांसद मानबहादुर खत्री, सन्तकुमार दरै, तुलाराज विष्ट, डा शिवजी यादवले पुनःनिर्माणमा ढिला भइराखेकामा चिन्ता व्यक्त गरे ।
जापानका कागावा विश्वविद्यालयका रियुची यातावेले विपद् जोखिम व्यवस्थापन भौतिक संरचनाले मात्र गर्न नसकिने चर्चा गर्दै विपद् जोखिम शिक्षाको आवश्यकता औँल्याए।
सो अवसरमा त्रिविविका प्रा रञ्जनकुमार दाहालले पुनःनिर्माणमा गर्दा भू–बनोटलाई ध्यान दिन जरुरी रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्: