जिल्ला वार एसोसिएशन धादिङको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनु भएको छ । शुक्रबार धादिङ जिल्ला अदालत बार एसोसिएशनको ३२ औँ साधारण सभा तथा १८ औँ अधिबेशनबाट अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
धादिङबेशीमा सम्पन्न भएको अधिवशेनले उपाध्यक्षमा विनोदमान श्रेष्ठ, सचिवमा कुलमान विक, कोषाध्यक्षमा राधिका सापकोटा र सदस्यहरुमा टंककुमार श्रेष्ठ, गोविन्दराज श्रेष्ठ, विश्वराज अधिकारी, रामचन्द्र भट्ट र रामकृष्ण अधिकारी निर्वाचित गरेको छ ।
यस्तै अधिबेशनले २ जना सल्लाहाकार समेत चयन गरेको छ । केन्द्रको परिषद सदस्यमा दिपक सेन र सल्लाहाकारमा गोविन्द बहादुर श्रेष्ठ र सल्लाहाकार समितिको सचिवमा विष्णु कुमार श्रेष्ठ चयन हुनु भएको छ ।